पहिलो खेलमा नेपालले पछार्यो एयर ईण्डियालाई
१ सय ८९ रनको लक्ष्य लिएर मैदान छिरेको नेपाली टोलीले निर्धारित ३ बल बाँकी छँदा ८ विकेट गुमाई विजय लक्ष्य भेट्टाएको हो । नेपालका लागी बिनोद भण्डारीले २७ बलमा ३३ रन जोडेका थिए ।
यसअघि ब्याटिङ गरेको एयर इण्डिया टोलीले निर्धारित ४० ओभरको खेलमा आफ्ना सबै विकेट गुमाउनु अघि १ सय ८८ रनको स्कोर जोड्न सफल भएको थियो । उसका लागी कुनाल चन्डेलाले ४७ रन, रवी बिस्टले ४६ रन, निरज सैनीले २३ रन जोडेका थिए भने अन्यले कुनै सम्झन लायक स्कोर जोड्न सकेनन् । एयर इण्डिया टोलीलाई १ सय ८८ रनमा नै समेट्न नेपालका पेस बलर चन्द्र साउदले ५ विकेट लिएका छन् भने शक्ति गौचनले ३ विकेट, सागर पुन १ विकेट लिएका थिए । एक खेलाडिलाई कप्तान पृथु बास्कोटाले रन आउट गरेका थिए ।

No comments: