संविधानसभा बिघटनको एकबर्ष
संविधानसभा विघठनको एक बर्षसम्मपनि संविधानसभा बिघठनको खास कारण पत्ता लाग्न सकेको छैन । एकीकृत नेकपा माओवादी र मधेशवादी लगायतका सत्तारुढ दलहरुले नेपाली कागे्रस र नेकपा एमालेले अग्रगामी संविधान बनाउन नचाहेका कारण संविधानसभा विघठन भएको आरोप लगाउने गरेका छन । कांग्रेस–एमालेले भने सामाजिक सदभाव खल्बल्याउने माओवादीको नियत र सत्तामोहका कारण संविधानसभा बिघटन भएको आरोप लगाउछन ।
दलहरुबीच गतबर्षको जेठ २ मा अधिकाशं बिषयमा सहमति भएपनि संविधान जारी हुन सकेको थिएन । संविधानसभा बिघठनको एक बर्ष पुग्दा समेत विघठित संविधानसभाका कतिपय सभासदले संविधानसभा पुनस्थापना गर्नुपर्ने बताउदै आएका छन् ।

No comments: