Breaking News

ब्याटिङ नचम्केपछि नेपाल २८ रनले पराजित

  • १३ जेठ, काठमाडौ । एयर इण्डियासँगको पहिलो खेलमा २ विकेटको जित हात पारेको नेपालले दोस्रो खेलमा २८ रनको पराजय बेहोरेको छ । नेपालले आफ्नो दोस्रो खेलमा भारतको केजिके जयपुरसँग प्रतिष्पर्धा गरेको थियो ।

    १ सय ५१ रनको विजय लक्ष्य लिएर मैदान छिरेको नेपाली टोली मात्र १ सय २२ रनमा समेटिएको थियो । नेपालले निर्धारित ४० ओभरमा खेलमा मात्र ३६ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाउनु अघि मात्र १ सय २२ रन जोड्न सफल हुँदा २८ रनको पराजय बेहोर्न पुगेको हो ।

    यसअघि, ब्याटिङ गरेको केजिकेले निर्धारित ४० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो । केजिकेलाई उक्त स्कोरमा रोक्नका लागि साहर पुनले ४ विकेट लिएका थीए भने भुवन कार्कीले ३ विकेट र प्रदिप ऐरेले २ विकेट लिएका थिए

How about this Article

No comments:

Leave a Reply