सोनाक्षीले पछारिन् कट्रिनालाई
दंबग चलचित्रबाट बलिउडमा संघर्ष थालेकी नायीका सोनाक्षी सिन्हाले बलिउडकी नम्बर एक नायीका कट्रिना कैफलाई समेत पछार्न सफल भएकी छिन् । सलमानका दुई नायीकाबीचको भिडन्तमा कान्छी नायीका बाजी मारेकी हुन् । नायीका सोनाक्षीले कट्रिनालाई पछी पार्दै नयाँ चलचित्र 'वेलकम-२'मा लिड हिरोइनको भूमिका हत्याएकी छिन् ।
पहिले कट्रिनालाई उक्त चलचित्र दिने तयारी गरिएपनि पछी भने उक्त भूमिकाको लागी सोनाक्षीलाई लिने निर्णय गरिएको हो । सञ्चारमाध्यममा आएको समाचार अनुसार अनिस बम्जीको चलचित्रमा सोनाक्षीले जोन अब्राहमसँग अनस्क्रिन रोमान्स गर्नेछन् । उक्त चलचित्रको सुटिङ आगामी जुन देखि सुरू हुनेछ ।

No comments: