रसियाका मिसाइल सिरिया पुग्यो, इजरालय तनावमा
रसियाले पठाएको पहिलो चरणको मिसाइलमा जमिनबाट हावामा मार हान्न सक्ने निकै शक्तिशाली मिसाइल रहेका छन् । एस-३०० नामका ती मिसाइलले आकाशमा उडिरहेको विमान, अन्य मिसाइललाइ समेत खसाल्न सक्ने बताइएको छ ।
यसरी मिसाइलहरू सिरियामा पुगेपछी इजरायलमा तनावको अवस्था पैदा भएको छ । सिरियाको सिमामा बारम्बार आक्रमण गरिरहेको इजरायल सिरियामा मिसाइल आएपछी तनावमा परेको हो । बेला-बेलामा गरिरहने गरेको आक्रमणको प्रतिकार हुन सक्ने सम्भावनाका कारण इजरायलमा तनाव बढ्दै गएको हो ।
रसियाबाट सिरियामा मिसाइलहरु पुगेपछी आगामी जुनमा जेनेभामा हुने भनिएको शान्ति वार्ता समेत प्रभावित हुन सक्ने बताइएको छ ।

No comments: