Breaking News

रोनाल्डोलाई रियलले कुनै हालतमा नछाड्ने

cristiano ronaldo१६ जेठ, काठमाडौ । रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजले कुनै पनि हालतमा आफ्ना स्टार खेलाडि रोनाल्डोलाई नबेच्ने बताएका छन् । रियल म्याड्रिडका प्रमुख खेलाडिको रूपमा रहेका पोर्चुगाली फुटबलर रोनाल्डोलाई जतिसुकै लोभलाग्दो प्रस्ताव पाएपनि नबेच्ने बताएका हुन् ।
रोनाल्डोलाई अध्यक्ष परेजले नबेच्ने बताइरहँदा सिजनको सुरूवातमा भने रोनाल्डो टोलीसँग खुसी भने थिऐनन् । रोनाल्डोको रियलसँगको सम्झौता सन् २०१५ सम्मम मात्र छ । क्लबले नयाँ सम्झौताको प्रक्रिया भने अगाडि बढाएको छैन् । यसै कारण पनि रोनाल्डो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनमा जाने हल्ला चलेको थियो । तर, स्पेनको एक रेडियोसँग दिएको अन्तरवार्तामा अध्यक्ष परेजले आफूले रोनाल्डोलाई नबेच्ने बताएका हुन् ।
अध्यक्ष परेजले अहिले रोनाल्डोको टिमप्रति कुनै गुनासो नभएको समेत दावी गरेका छन् । उनले रोनाल्डोले आफूसँग टिमप्रति चित्त नबुझेको कुरा गरेको र अहिले उक्त विवाद अन्त्य भइसकेको दावी गरेका छन् । उनले रोनाल्डो विश्वको उत्कृष्ट खेलाडि भएको भन्दै भविष्यमा पनि उनी रियलकै वरिपरी रहेन बताएका छन् ।

How about this Article

No comments:

Leave a Reply