Breaking News

रेग्मीलाई ७ दिनभित्र सर्वोच्चबाट निकालिने

गोकुल बानियाँ
१६ जेठ, पोखरा । नेपाली कांग्रेस निकट कानुन ब्यवशायीहरूले अन्तरिम मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ७ दिन भित्र सर्बोच्चबाट निकाल्ने चेतावनी दिएका छन् । बेन्च बन्द गरी ७ दिन भित्र रेग्मीलाई प्रधानन्यायाधिश पदबाट मुक्त गराउने उनीहरूको दावी छ ।
नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको बिहिबार पोखरामा आयोजित २२ औं साधारणसभामा उनीहरूले प्रधानन्याधिशबाट राजीनामा गराउन नसकेको भन्दै आफ्नै पार्टी नेतृत्वलाई झपारेका छन् । वर्तमान सरकारले कुनैपनि हालतमा चुनाव गराउन नसक्ने भएकाले बेलैमा पार्टीले नसोचे कानुन ब्यवशायीले रेग्मीलाई प्रधानन्ययधिश पदमुक्त गराउने उनीहरूको दावी छ ।
प्रजातान्त्रीक पार्टी प्रजातन्त्रको न्युनतम मुल्य र मान्यतालाई बिर्सेर रेग्मीलाई सरकार प्रमुखको रूपमा स्विकारेकोमा उनीहरूले आपत्ती जनाए । प्रशासकलाई राज्य संचालनको जिम्मेवारी सुम्पेर राजनीतिक उपलब्धि लिन खोज्ने नेताहरूको चाला ठिक नभएको उनीहरूको तर्क छ । गलत प्रक्रियालाई लिएर सहि उद्देश्य प्राप्त गर्ने भ्रम नपाल्न पार्टी नेतृत्वलाई कानुन ब्यबशायीहरुले सुझाएका छन् ।
एसोसिएसनका अध्यक्ष यदुनाथ खनालले संबिधानसभाको निर्बाचन गराउन बनेको सरकार संबैधानिक नियुक्तीमा तल्लिन रहेको आरोप लगाए । ' सरकार पद बाडफाडमा लिप्त छ, यो रोकिनु पर्छ र रेग्मीले सर्बोच्च अदालत छोड्नुपर्छ ' खनालले भने ।  
नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेम बहादुर खड्काले सरकार प्रमुखको जिम्मेवारीमा रहेपनि रेग्मीकै छायाँमा सर्बोच्च चलेकाले न्यायपालिकाले स्वतन्त्रतापूर्बक काम गर्न नसकेको बताए ।'  हामीले चाहे बेन्च बन्द गरी ७ दिन भित्र रेग्मीलाई सर्बोच्चबाट फाल्न सकिन्छ '  उनले भने, 'कांग्रेसले रेग्मीलाई प्रधानन्ययधिश पदबाट हटाउनुपर्‍यो ।' अदालत सिध्याउने प्रचण्डको खेलमा कांग्रेस पनि फसेको खड्काको आरोप छ  ।
बरिष्ठ अधिबक्ता शेरबहादुर केसी, बाबुराम कुँवर, मोहननाथ कोईराला, बसन्तराम भण्डारी लगायतले रेग्मीलाई दोहोरो जिम्मेवारीबाट मुक्त गराई चुनाबको बातावरण बनाउन आग्रह गरेका छन् । अहिले निर्बाचनको बातावरण नरहेको भन्दै उनीहरूले अहिलेकै अवस्थामा मंसिरमा निर्बाचन संभब नरहेको ठोकुवा गरे ।
नेपाल बार एसोसिएसनका महासचिव सुनिल पोखरेलले अहिले देश जुन मार्गमा गएको छ त्यसले निर्बाचनमा नलाने दावी गरे । देश निर्बाचनको दिशातिर नगएकाले रेग्मीलाई सर्बोच्चबाट निकालेर निर्बाचनको बाताबरण बनाउनुपर्नेमा उनले जोड दिए । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको एसोसिएसनको साधारणसभामा देशभरबाट प्रतिनिधिहरु सहभागि भएका छन् । साधारणसभा पोखरा घोषणापत्र जारी गर्दै आजै सकिदैछ




How about this Article

No comments:

Leave a Reply