सावधान ! फेसबुकमा गलत काम नगर्नुस्
सामाजिक सञ्जालका मार्फत आफ्ना साथीभाईसँग कुराकानी गर्ने, आफ्ना विचारहरु राख्ने, तस्विरहरू अपलोड गर्ने लगायतका विभिन्न कामहरू गर्नका लागि पनि मानिसहरु समाजिक सञ्जालसँगै जोडिएका छन् । यस्तै, सामाजिक सञ्जालको रुपमा आफूलाई पहिलो न्मबरमा राख्न सफल भएको सामाजिक सञ्जाल हो फेसबुक ।
फैसबुकबाट साथीको खोजी गर्ने देखी आफ्ना मनका कुराहरु राख्ने, साथिहरुसँगको यादलाई ताजा बनाउन पुराना तस्विरहरू अपलोड गर्ने जस्ता कार्य गर्ने गर्छौ । तर, केही समयदेखी यही फेसबुकमा विकृती बढिरहेको छ । फेसबुकमा घृणा फैलाउने र विवादास्पद सामग्रीहरु राखेर विकृती फैलाउने कार्य भइरहेको छ । फेसबुकले त्यस्ता सामग्रीलाई हटाउने आफ्नो संयन्त्र प्रभावकारी बनाउन नसकेको आरोप खेपिरहेको छ ।
फेसबुकमा हुने यस्ता गलत कार्य रोक्नका लागि फेसबुकले नयाँ रणनीति बनाउने घोषणा गरेको छ । विभिन्न अधिकारवादी, सञ्चारमाध्यम र बिज्ञापनदाताले फेसबुक घृणा फैलाउने र असामाजिक सामग्री राखेर द्धेष फैलाउने क्षेत्र बनेको भन्दै आलोचना गर्न थालेपछि फेसबुकले नयाँ रणनीति ल्याउने घोषणा गरेको हो ।
फेसबुकले आफ्नो व्लगमा आफूहरुले धेरै काम गर्न बाँकी रहेको र हमीले त्यसका लागी काम पनि गरिरहेको बताएको छ । ब्लगमा आफूले गर्न खोजे जस्तो काम अहिलेको संयन्त्रले गर्न नसकेको भन्दै छिट्टै नयाँ संयन्त्र ल्याइने र त्यस्ता सामग्रीलाई रोक्ने जनाइएको छ ।
आशा गरौ फेसबुकमा पोष्ट हुने त्यस्ता सामग्री रोक्न फेसबुक सफल हुनेछ र फेसबुकलाई सामाजिक सद्भाव जगाउने सामाजिक सञ्जालको रूपमा विकास गराउने छ ।

No comments: