Breaking News

निर्वाचन कानुन बनाउन थपियो कार्यदल

१७ जेठ, काठमाडौ । उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनसम्बन्धी कानुनका विषयमा सहमति जुटाउनका लागि कार्यदल गठन गरेको छ ।
बिहिबार नयाँ बानेश्‍वरमा बसेको बैठकले चार दलका दुई-दुई जना गरी ८ जनाको कार्यदल गठन गरेको हो । एकीकृत माओ‌वादीबाट कृष्णबहादुर महरा, खिमलाल देवकोटा, नेपाली कांग्रेसबाट रामशरण महत, मिनेन्द्र रिजाल, एमालेबाट रघुजी पन्त, अग्नि खरेल र मधेसी मोर्चाबाट हृदयश त्रिपाठी र जितेन्द्र देव कार्यदलका सदस्य रहेका छन् ।
कार्यदलले निर्वाचन कानुन सम्बन्धमा सहमति जुटाएर उच्चस्तरीय राजनीतिक समितिमा सुझाव पेस गर्ने र सोही सुझावका आधारमा निर्वाचन घोषणा गर्न सरकारलाई सिफारिस गर्नेछ ।
उनले कार्यदललाई यही जेठ २० गते बस्ने उच्चस्तरीय समितिमा सुझाव पेस गर्ने जिम्मेवारी दिइएको बताए । दलहरूबीच निर्वाचन कानुनका सम्बन्धमा सहमति जुट्न नसक्दा निर्वाचनको मिति घोषणा हुन सकेको छैन ।

How about this Article

No comments:

Leave a Reply