एनेकपा माओवादी र नेकपा-माओवादीबीच वार्ता हुँदै
एनेकपा माओवादी र नेकपा-माओवादीबीच वार्ता हुँदै
२३ बैशाख- एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीबीच चुनावी रणनीतिका विषयमा आज छलफल हुने भएको छ । पार्टी विभाजनपछि आरोप प्रत्यारोपमा उत्रिएका एकीकृत माओवादी र नेकपा-माओवादीबीच चुनावी रणनीति सहकार्य र पछिल्लो राजनीतिक विवादका विषयमा छलफल हुनेछ ।
एकीकृत नेकपा माओवादीको पहलमा वार्ता हुन लागेको नेकपा-माओवादीका सचिव देवप्रसाद गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार दिउसो छलफल गर्ने तय भए पनि समय र ठाउँका वारेमा छलफल भइरहेको छ । उच्चस्तरीय राजनीतिक समितिमा नेकपा-माओवादीको सहभागिता, चुनावको सहभागिताका लागि उसले राख्दै आएका मागका विषयमा पनि छलफल हुनेछ ।

No comments: