काभ्रेका डन गणेश लामा पक्राउ ।।
११ जेष्ठ, काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका काभ्रेका डन गणेश लामा पक्राउ परेका छन् । लामालाई काठमाडौंको बसन्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि सम्पत्ति सुद्धिकरण विभागले आपराधिक क्रियाकलाप संचालन गरी अकुत सम्पत्ति जम्मा गर्ने लामा सहित दीपक मनाङे, चक्रे मिलन, र्शुराम बस्नेत र अविशेक गिरि बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । लामा पूर्व गृहमन्त्री विजयकुमार गच्छेदारको पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन । सबैभन्दा बढि लामाको अकुत सम्पत्ति २७ करोड १ लाख ६१ हजार रहेको सम्पत्ति सुद्धिकरण विभागले दाबी गरेको छ । आपराधिक कृर्याकलाप मार्फत डनहरु पैसा असुल्ने काममा लागेपछि सरकारले उनिहरुको सम्पत्तिको स्रोत खोज्ने काम सुरु गरेको छ ।

No comments: