Breaking News

न्यूज २४ विरुद्ध प्रेस रजिष्टारको कार्यालयमा उजुरी (उजुरीपत्र सहित)


काठमाडौ – न्युज २४ टेलिभिजनमा कार्यरत सञ्चारकर्मीले समयमै तलब नपाएको भन्दै प्रेस रजिष्टारको कार्यालयमा उजुरी दिएका छन् । न्यूज २४ मा कार्यरत १० जनाले शुक्रबारमात्रै प्रेस रजिष्टारको कायालयमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने न्यूज २४ लाई कारवाही गर्न माग गरिएको छ । उजुरीमा उजुरीमा ऐनमा उल्लेख भएअनुरुप नियुक्तिपत्र नदिइएको, कार्यअवधि पुगेपछि स्थायी नगरिएको, विमाको व्यवस्था नगरिएको, महिनौं पुग्दासम्म पारिश्रमिक नदिइएको उल्लेख छ । आफूहरूको मागको सुनुवाइ गर्न व्यवस्थापनलाई पटक–पटक आग्रह गरेपनि व्यवस्थापनले उल्टै संस्था छोड्न धम्की दिने गरेको उजुरीमा उल्लेख छ । उजुरीकर्ताहरूले आफूहरूलाई तीन महिनाभन्दा बढी समयदेखि पारिश्रमिक नदिइएको बताएका छन् ।

उजुरीमा आन्दोलन गर्ने र तलब माग्नेविरुद्ध प्रशासन मानवीय व्यवहार गरेको उल्लेख छ । “यस संस्थामा कार्यरत हामी पत्रकार, सञ्चारकर्मी तथा कर्मचारीले ऐन कार्यान्वयनका लागि लगातार माग गर्दा समेत व्यवस्थापन पक्षले बेवास्ता गरी प्रेसपास लिने प्रयोजनका लागि मात्र बनाइएको अस्थायी प्रकृतिको नियुक्ति पत्र वर्षैपिच्छे दिने र सञ्चारकर्मीलाई सधैं अस्थायी राखी भयग्रस्त अवस्थामा काम गराउने गरिंदै आएकोमा हालै पाकेको पारिश्रमिक माग गर्दा संस्थाका अध्यक्षबाट आउँदो एकवर्ष पारिश्रमिक नियमित नहुने, नियमित तलब चाहनेले छाडेर गए हुन्छ , पारिश्रमिक माग गर्न कुनै कदम चाले वा आन्दोलन गरेमा त्यसलाई हर्कत बुझेर कारबाही गरिने,तिनलाई कुनै हालतमा नछाडिने जस्ता उत्तेजित, अमर्यादित र गैरकानुनी अभिव्यक्ति दिएकाले संस्था व्यावसायिकताबाट पलायन भएको महसूस गरी ऐन कार्यान्वयन गरी गराई हामी श्रमजीवी पत्रकारको हक अधिकार स्थापित गर्न र हाम्रो जीवनरक्षाका लागि समेत आवश्यक पहल गरिदिनुहुन अनुरोध गर्दै यो उजुरी दर्ता गरिएको छ” – उजुरीपत्रमा उल्लेख छ ।
१० जनाले जागिर छाडे
बैशाख २३ गतेदेखि तलब माग गर्दै आन्दोलनमा उत्रिनेमध्ये १० जनाले जागरिबाट हात धोइसकेका छन् । आन्दोलनको अगुवाइ गर्ने देखि पत्रकार महासंघ को न्यूज २४ शाखाकै उपाध्यक्ष नारायण भण्डारी समेत राजीनामा दिन बाध्य पारिएका छन् ।
आन्दोलन पछि बाध्य पारेर जागी छाडेका पत्रकारहरु (२०७० वैशाख, १ गते देखी वैशाख ७ गते सम्ममा)

१.प्रमोद न्यूपाने, समाचार वाचक तथा डेक्स सम्पादक
२. अनुप आचार्य, समाचार वाचक तथा डेक्स सम्पादक
३. प्रभात देभकोटा, समाचारा सम्पादक
४. नारायण भण्डारी, प्रकृति सँग भन्ने कार्यक्रमका उत्पादक
५. रामशुभक महतो, सम्वाददाता
६.अविनास सिलवाल, सम्वाददाता
७. रोशन श्रेष्ठ, क्यामरा पर्सन
८. प्रशन्न मुल्लीक, क्यामरा पर्सन
९. सुमन श्रेष्ठ, क्यामरा पर्सन
१०. केशवराज विष्ट (ब्यवस्थापन र हाकिम पत्रकारहरुको दवावमा बाध्यताले छाड्ने तयारीमा –हाल अनुपस्थित)
११. अनुजराज ढुंगेल व्यवस्थापनले कडा अनुसाशनमा नवस्ने भए छाड्नु भन्ने आदेश दिइएपछि अनुपस्थित ।

केन्द्रको कुरा सुनेन महासंघको शाखाले

नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्वले केही दिनअघि मात्रै न्यूज २४ को भ्रमण गरी त्यहाका शाखा अध्यक्ष सुशील अर्याललाई तत्काल शाखा बैठक बोलाएर आन्दोलनको नेतृत्व गर्न निर्देशन दिएको थियो । यद्यपी सुशीलले आजसम्म बैठक बोलाएका छैनन् । उनी श्रमजीवी पत्रकारहरुको आन्दोलनमा नलागी व्यवस्थापनलाई सहयोग गरिरहेका छन् । केन्द्रको निर्देशन नमान्ने उनीविरुद्ध महासंघले पनि कुनै कदम चालेको छैन । उनले बैठक नबोलाएपछि निकास सम्भव नदेखेको भन्दै उपाध्यक्ष समेत रहेका नारायण भण्डारीले जागिर छोडेका छन् ।
समाजखबरको श्रोत पत्ता लागेन

बैशाख २३ गतेदेखिको आन्दोलनको निरन्तर फलोअप समाजखबर डट कमले गरिरहेको छ । २ महिनाको तलब दिएपछ केही साम्य भउपनि कर्मचारीहरुलाई व्यवस्थापनले काम नै नलगाई पेण्डुलम बनाएको थियो । सो क्रममा समाचार प्रमुख चिरञ्जीवी देवकोटा, अध्यक्ष अनिल जोशी लगायतले समाजखबर डट कम लगायतका सञ्चारमाध्यममा सूचना दिनेको खोजी गरि पत्ता नलागेसम्म काम नदिने बताएका थिए । सो क्रममा त्यहाका कर्मचारीहरु संग सोधपुछ गरिएपनि समाजखबर डट कमलाई सूचना प्राप्त भएको श्रोत पत्ता लगाउन व्यवस्थापन असफल भैरहेको छ । यसैबीच, महिनौदेखि कर्मचारीहरुले तलब नपाएर आन्दोलन गरिरहदा न्यूज २४ का समाचार प्रमुखले आन्दोलनकै बीचमा नया गाडी चढेको चर्चा समेत सर्वत्र छाएको छ ।



यस्तो छ उजुरी पत्र
२०७० जेठ १०

श्रीमान् प्रेस रजिष्ट्रारज्यू,
प्रेस रजिष्ट्रारको कार्यालय,
सूचना विभाग,सञ्चारग्राम,काठमाडौ ।

विषय – श्रमजीवी पत्रकार ऐन उल्लंघन भएकोमा उजुरी बारे ।

महोदय,
उपर्युक्त सम्बन्धमा काठमाडौ जिल्ला महाराजगञ्ज,पानीपोखरीमा अवस्थित नेपाल ब्रोडकाष्टिङ च्यानलद्धारा सञ्चालित न्यूज २४ टेलिभिजनमा आरम्भ कालदेखि नै राज्यले लागू गरेको श्रमजीवी पत्रकार ऐन २०५१ पहिलो संशोधन २०६४,ले व्यवस्था गरे बमोजिम श्रमजीवी पत्रकारलाई नियुक्ति पत्र दिई कार्यक्षेत्रमा खटाउने र ऐनले तोके अनुसार कार्यावधि पुगेपछि स्थायी नियुक्ति दिई पद वर्गीिकरण,ग्रेड,सञ्चयकोष,जीवन वीमा, बिदा लगायतका सेवा सुविधा दिनुपर्नेमा सो कानुनको उल्लंघन हुँदै आएको छ । यस संस्थामा कार्यरत हामी पत्रकार, सञ्चारकर्मी तथा कर्मचारीले ऐन कार्यान्वयनका लागि लगातार माग गर्दा समेत व्यवस्थापन पक्षले बेवास्ता गरी प्रेसपास लिने प्रयोजनका लागि मात्र बनाइएको अस्थायी प्रकृतिको नियुक्ति पत्र वर्षैपिच्छे दिने र सञ्चारकर्मीलाई सधैं अस्थायी राखी भयग्रस्त अवस्थामा काम गराउने गरिंदै आएकोमा हालै पाकेको पारिश्रमिक माग गर्दा संस्थाका अध्यक्षबाट आउँदो एकवर्ष पारिश्रमिक नियमित नहुने, नियमित तलब चाहनेले छाडेर गए हुन्छ , पारिश्रमिक माग गर्न कुनै कदम चाले वा आन्दोलन गरेमा त्यसलाई हर्कत बुझेर कारबाही गरिने,तिनलाई कुनै हालतमा नछाडिने जस्ता उत्तेजित, अमर्यादित र गैरकानुनी अभिव्यक्ति दिएकाले संस्था व्यावसायिकताबाट पलायन भएको महसूस गरी ऐन कार्यान्वयन गरी गराई हामी श्रमजीवी पत्रकारको हक अधिकार स्थापित गर्न र हाम्रो जीवनरक्षाका लागि समेत आवश्यक पहल गरिदिनुहुन अनुरोध गर्दै यो उजुरी दर्ता गरिएको छ । स्थापनाकालदेखि नै कार्यरत संचारकर्मीलाई कामबाट हटाएर नया भर्ना गर्ने अभियानसेमत संस्थाले थालेको छ । यस वारेमा पनि रजिष्ट्ररको कार्यलयबाट जानकारी लिनका लागि अनुरोध गर्दछौ । यसका साथै स्थापनाकालदेखि नै जिल्ला स्ट्रिन्जरको रुपमा कार्यरत कुनैपनि संचारकर्मीलाई पारिश्रमिक दिर्ईएको छैन । यो पारिश्रमिक माग गर्दासमेत उल्टै धम्की दिने तथा परिचयपत्र समेत नविकरण नगर्ने काम भएका कारण त्यस बिषयमा पनि यहाबाट ठोस पहल गरिदिनुहुन हामी सादर अनुरोध गर्दछौं । त्यसबाहेक बोर्डकास्टिङ च्यानल अन्तर्गत नै संचालनमा रहेको ई २४ का कर्मचारीहरुले स्थापनाकालदेखि नै पारिश्रमिक पाएका छैनौ । अझ यस च्यानलमा काम गर्ने कतिपय कर्मचारीहरुको अभिलेखसमेत नष्ट गरेको हामीले सुनेका छौं । त्यसबारे पनि छानविन गरि पीडितलाई न्याय दिनका लागि समन्वय गरिदिनुहुन हामी अनुरोध गर्दछौं । कुनैपनि संचार प्रतिष्ठानले नयाँ कर्मचारी नियुक्त गर्दा प्रेस रजिष्ट्रारको कार्यलयमा जानकारी गराउनुपर्ने कानुनी प्रावधानसमेत रहेको छ । तर, यस संचारप्रतिष्ठानले अहिलेसम्म यो काम समेत नगरेको हामीले जानकारी पाएका छौ । यस बारेमा पनि हामीले यहासमक्ष अवगत गराएका छौं ।
यस टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार कर्मचारीको अवस्थाबारे नेपाल पत्रकार महासंघ,न्यूनत्तम पारिश्रमिक निर्धारण समिति २०६९, र यसै प्रेस रजिष्ट्रारको कार्यालयबाट अनुगमनका लागि त्यहाँ पुग्नु भएका प्रतिनिधिलाई समेत अवगत गराइएको जानकारी अनुरोध गर्दछौ ।
उजुरी दिने पत्रकार,कर्मचारीको तपसिल यस बमोजिम रहेको छ ।

(प्रक्रियामा असहजता नओस् भनेर उजुरीकर्ताहरुको नाम हटाईएको छ । –सं )

How about this Article

No comments:

Leave a Reply