काठमाण्डौको दमाई टोलमा आगलागी, तीनको मृत्यु
काठमाण्डौको दमाई टोलमा आगलागी, तीनको मृत्यु
२२ बैशाख, काठमाण्डौ । काठमाण्डौ महानगरपालिका-१९, मा रहेको दमाई टोलमा रहेको हनुमानदास डंगोलको चार तले घरमा आगलागी हुँदा तीन ज्यान गएको छ ।
आइतवार बेलुकी ५ बजे खाना पकाउने स्टोभ पड्कीएर भएको आगलागीमा परी दोलखा सुनखानी-७, का राजकुमार शिवाकोटीका दुई छोरा ३ वर्षीय सन्जिव सिवाकोटी र ६ वर्षीय राजिव शिवाकोटीको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै आगलागीमा परि मोरङ भलुवा घर वताउने अन्दाजी ५० बर्षीया देवकला मगरको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक मगरको कोठामा खाना पकाउदै गरेको समयमा स्टोभ पड्कीदा आगालीमा भएको प्रहरीले जनाएको छ । काठको घर भएकाले आगो नियन्त्रणमा लिन झण्डै तीन घण्टा लागेको प्रहरीले जनाएको छ । आगलागी २ वटा दमकल, पानी ट्याङकर, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीवाट चार तले काठको घर पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।

No comments: