दाजुभाईद्धारा १४ वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान

२२ बैशाख, काठमाडौ । सङ्खुवासभा मकालु गाविस– ९ नुर्वचौरका दुई शेर्पा आरोही दाजुभाइले पर्तवारोहणका क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेका छन् ।
पर्वतारोही मिङमा शेर्पा र छाङदावा शेर्पाले आठ हजार मिटर भन्दामाथिका विश्वका १४ वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् ।
पर्वतारोही शेर्पाको परिवारले पर्वतारोहणका क्षेत्रमा निकट भविष्यमै अर्का नयाँ कीर्तिमान लेखाउने तयारीमा लागेका थिए ।
उनीहरू छ दाजुभाइले एकैसाथ यस वर्ष विश्वको सर्वाच्च शिखर सगरमाथा आरोहणको तयारी गरेका थिए । सगरमाथा आरोहण गर्ने क्रममा शेर्पाका चार दाजुभाइ अहिले आधार शिविर पुग्नु भएको छ भने मिङमा र छाङदावा केही दिनभित्रै त्यसतर्प गएका थिए । विश्वमा आठ हजार अग्लो चौध हिमालमध्ये आठ वटा नेपालमा पर्दछन् ।
कीर्तिमानधारी पर्वतारोही मिङमार र छाङदावाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफलतापूर्वक आरोहण गर्ने आफूहरु पहिलो नेपाली भएको दाबी गर्नुभयो । उहाँहरुले सन् २००० देखि हालसम्मको अवधिमा ती हिमालको आरोहण गनु भएको हो ।
उनीहरूले सगरमाथा, मकालु, लोत्से, ब्रोड पीक, दामी काङ, नागा पर्वत, मनास्लु, लाङटाङ लिरुङ, कञ्चनजङ्गा, कञ्चनजङ्गा जी–१ जी–२, अन्नपूर्ण, धौलागिरि, के–२ र सीइसा पाङमा हिमालको आरोहण गरी सकेको बताएका छन् ।
मिङमाले १६ र छाङदावाले १७ वर्षको उमेरदेखि हिमाल आरोहण अभियानमा सहभागी हुनु भएको हो । उहाँहरुले आरोहण गरेका १४ वटा हिमालमध्ये पर्वतारोहणका लागि सबैभन्दा अप्ठ्यारो पाकिस्तानको के–२ हिमाल जोखिमपूर्ण रहेको अनुभव रहेको बताए ।
आफिहरूले कुनै आर्थिक लाभलाई भन्दा विश्वमा कीर्तिमान कायम गर्ने उद्देश्यले पर्वतारोहण क्षेत्रमा लागेको बताउँदै आफ्नो कीर्तिमान विश्व रिकर्डमा नाम दर्ता गराउने प्रयासमा रहेको उल्लेख गरे ।
हालसम्म विश्वका ३१ जना पर्वतारोहीले आठ हजार मिटरभन्दा माथिका हिमालको आरोहण गरिसकेकामा मिङमा २४ औँ र छाङदावा ३१ औँ आरोही भएको पत्रकार सम्मेलनमा जनाए ।
पर्वतारोहण क्षेत्रमा विश्वमा नेपालको नाम फैलाउन नयाँ रेडर्क कायम गर्न आफूहरु सफल भएको जनाउँदै अब राज्यले आफूहरुलाई पनि केही गरोस् भन्ने चाहना रहेको उनीहरूले बताए ।
आर्थिक हिसाबले सामान्य परिवारमा जन्मेर लामो समयसम्म चौँरी गोठालोको रुपमा कार्य गरेको ती दाजुभाइले हिमाली क्षेत्रमा बढ्दै गएको प्रदूषणलाई रोक्न पर्वतारोहीसँग लिएको रोयल्टीको केही प्रतिशत रकम सरसफाइका लागि खर्च गर्न सरकारलाई सुझाव दिए ।

No comments: