लिम्बुवानको बन्द तेस्रोदिन आज पनि जारी, जनजीवन कष्टकर
लिम्बुवानको बन्द तेस्रोदिन आज पनि जारी, जनजीवन कष्टकर
२३ वैशाख, काठमाण्डौं । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले गरेको बन्दका कारण आज पनि पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

नागरिकता वितरण र मतदाता सङ्कलन कार्य बन्द गर्नुपर्ने लगायतका माग राखी गत शनिबारदेखि गरेको बन्दका कारण अरुण-सप्तकोसी पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सङ्ख्ाुवासभा र तेह्रथुम जिल्ला बढी प्रभावित भएका छन् भने मोरङ र सुनसरी जिल्लामा असर परेको छ ।
लिम्बुवानको हडतालका कारण सार्वजनिक यातायातका मजदुर, दैनिक रोजगारी गर्ने मजदुरहरू मारमा परेका छन् भने लामो तथा छोटो दूरीमा आवागमन गर्ने यात्रुहरू बिचल्लीमा परेका छन् भने बन्दको मारमा शिक्षण क्षेत्र पनि परेको छ ।
यसैबीच, बन्दकर्ताले आइतबार झापाका विभिन्न ठाउँमा दुईवटा मोटरसाइकलमा आगजनी गर्नुका साथै यात्रुवाहक गाडीहरूमाथि ढुङ्गा प्रहार गरी सिसा फुटाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो घटनाको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

No comments: