Breaking News

भिरवाट लडेर गुल्मीमा १ युवाको मृत्यृ, ढुङ्गाले च्यांपेर अर्घाखाचीमा ३ महिला घाईते


भिरवाट लडेर गुल्मीमा १ युवाको मृत्यृ, ढुङ्गाले च्यांपेर अर्घाखाचीमा ३ महिला घाईते

पि.एम.मगर/गुल्मी, वैशाख २३ गते ।
गुल्मीको बलिथुमका एक युवकको वाटोमा हिड्ने क्रममा भिरवाट लडेर मृत्यु भएको छ । बलिथुम गाविस वार्ड नं. ७ रातकाट्ने भन्ने स्थानका वर्ष २४ का दिपक चुदाराको भिरवाट लडेर मृत्यु भएको हो । आफ्नो मावली घर जुभुङ्ग १ झिरवासवाट बलिथुम स्थित आफ्नै घरतर्फ फर्किदै गर्दा आईतवार वेलुकी करिव ५ वजेतिर भिरवाट लडेर उनको मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।
अत्यधिक मदिरा सेवन गरेका उनी माओली घर नजिकै पर्ने जुभुङ्ग गाविसको झिरुवास बलिथुम जोड्ने मोटरवाटो अन्तर्गतको ठुलो ढुङ्गा भन्ने स्थानवाट १ सय मिटर तल खसेको पत्रकार गंगु कुवंरले जानकारी दिनुभएको छ । वैशाख २१ गते माओली हजुरआमाको पु०यतीथि सकेर हिजो मात्रै उनी आफ्नी श्रीमति, एक छोरा र मामासंगै घर फर्किदै थिए ।  यस्तै घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्याँपिएर अर्घाखाँचीको खनदहमा ३ जना महिला गम्भिर घाईते भएका छन् ।
खनदह गाविसको वार्ड नं. ३ स्थित एक विद्यालय नजिकै रहेको अँधेरी पोखरी भन्ने स्थानमा घर पोत्ने रातो माटो खन्ने क्रममा माथिवाट ढुङ्गा खसेर च्याँच्दा ४२ वर्षीया चुमकला विश्कर्मा, ५२ वर्षीया टोपकला विश्वकर्मा र ३२ वर्षीय फुलमति विश्वकर्मा गम्भिर घाईते भएका छन् । घाईते सवैको ढाड, खुट्टा लगायत शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ । घटना आज दिउँसो साढे १ वजेतिर घटेको र तत्काल स्थानीयको सक्रियतामा घाईते सवैलाई उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ। घाईते मध्ये फुलमतिको अवस्था अलि गम्भिर रहेको रेमकला विश्वकर्माले वताउनुभयो ।  

How about this Article

No comments:

Leave a Reply