Breaking News

जन्ती बोकेको बस ट्रकसँग ठोक्किदा २५ जना घाइते

वैशाख २७, महोत्तरी । एक जन्ती बोकेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा बसमा सवार २५ जनाभन्दा बढी जन्ती घाइते भएका छन् । घाइतेमध्ये रौतहट जिल्ला चन्द्रनिगाहपुर- २ बस्ने रामतलेवर यादव र सोही जिल्लाको पिपरा रजवास ७ बस्ने रामदेव दासको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

प्रहरी निरीक्षक भीष्म हुमागाईंबाट प्राप्त जानकारी अनुसार हिजो राती धनुषाको धनुषाको जनकपुरबाट जन्ती बोकेर रौतहट गइरहेको ना ४ ख ६१६५ नम्बरको बसले बर्दिवासको भोला बसन्त चोकमा रोकिराखेको ना ३ ख २५०६ नम्बरको ट्रकमा ठक्कर दिँदा बसमा सवार घाइते भएका हुन् । घाइतेहरूको उपचार बर्दिवासस्थित विभिन्न अस्पताल तथा निजी क्लिनिकमा भइरहेको प्रहरीले बताएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ । 

How about this Article

No comments:

Leave a Reply