निखिल खुसुक्क आए लुसुक्क गए
काठमाडौ । कुनै समय आफ्नो उपस्थितिलाई पनि समाचार बनाउन सफल भएका र सबैबाट ‘वाहवाही’ पाएका अभिनेता निखिल उपे्रती यतिबेला गुमनाम छन्। गुमनाम मात्र होइनन् कि कसैले थाहा पाउलान् भन्ने डरले मुम्बई र काठमाडौंको यात्रा उनी सुटुक्क गर्ने गर्दछन्। उनी एक महिनाको बीचमा कतिपटक यसरी ओहोरदोहोर गर्छन् थाहा छैन तर यसपटकको उनको काठमाडौं आगमनबारे भने घटना र विचारले पनि जानकारी पायो।
नेपाली सिनेमा क्षेत्रको आलिशान जीवनलाई लात्ती हानेर के–के नै गर्छु र के–के नै बन्छु भनेर मुम्बई छिरेका निखिलको यतिबेला खास भन्नुपर्दा अवस्था नाजुक छ। उनको मात्र अवस्था नाजुक छैन कि यता नेपालमा भने उनले दुई श्रीमती अनि तीन सन्तानको अवस्था पनि नाजुक नै पारिदिएका छन्। काम बिगारेपछि नै मानिस डराउँछ र लुसुक्क लुसुक्क व्यवहार गर्छ उसले। यस्तै गर्छन् निखिल पनि। गत साता उनी लुसुक्क नेपाल आएर केही दिन बसेपछि लुसुक्क फेरि फर्किएका थिए। मुसो आयो कि बिरालो? कसैले पनि थाहा पाएनन्। उनले जेठी धर्मपत्नीलाई भने भारतीय साथीलाई नेपाल घुम्न ल्याएको बताएका थिए। आफ्नो घरमा केहीबेर मत्र समय बिताएका निखिल हायत होटलमा बसेको कुरा भने बताइएको छ। निखिलको यो आगमनलाई भने अहिले बजारमा लुसुक्क आएर लुसुक्क जाने अनि नेपालको स्टारले विदेशीलाई नेपाल घुमाउने कुरा गर्दा निखिल टुरिस्ट गाइड पो भए कि क्या हो? भन्ने चर्चा पनि चल्न थालेको छ।

source : weeklynepal

No comments: