Breaking News

६२÷६३ आन्दोलनमा दमन गरेका रायमाझी अख्तियारको प्रमुख

६२÷६३ आन्दोलनमा दमन गरेका रायमाझी अख्तियारको प्रमुख

काठमाडौं बैशाख २३ । विवादास्पद पूर्व मुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार आयुक्तमा सिफारिश गरेको भन्दै विभिन्न विद्यार्थी संगठनले आन्दोलनको सुरुवात गरेका छन् ।दोस्रो जनआन्दोलन २०६२÷६३ मा दमन गरेको भन्दै रायमाझी आयोगले कारवाहीको सिफारिश गरेका लोकमान सिंह कार्कीलाई नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउन लागिएको भन्दै विभिन्न विद्यार्थी संगठनले विरोधको सुरुवात गरेका हुन् ।

आज बिहानै राजधानीको सरकारी क्याम्पसअगाडि विभिन्न विद्यार्थी संगठनले विरोध सुरु गरेका छन् । राजधानीको सरस्वती, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र, आरआर लगायतका सरकारी क्याम्पसअगाडि विद्यार्थीहरुको प्रदर्शन जारी । कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, एमालेनिकट अनेरास्ववियु, वैद्यनिकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले संयुक्तरुपमा आन्दोलन गरिरहेका छन् । आन्दोलनरत विद्यार्थी संगठनले कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाए आन्दोलन झनै शशक्त बनाउ“दै सरकारसमेत गिराउने चेतावानी दिएका छन् ।

How about this Article

No comments:

Leave a Reply