अन्तराष्ट्रिय नेपाली कलाकार समाज यूएईले भब्य सांगीतिक कार्यक्रम गर्ने
अन्तराष्ट्रिय नेपाली कलाकार समाज यूएईले भब्य सांगीतिक कार्यक्रम गर्ने
नेपाली भाषा, कला र संस्कृतिको उत्थान एवं लेखक तथा कलाकारको हितका लागि कार्यरत अन्तराष्ट्रिय नेपाली कलाकार समाज यूएई (अनेकस) यू.ए.इ International Nepalese Artist Society (INAS) UAE ले यहि ७ जुन २०१३ शुक्रबारका दिन केरला सोसियल क्लब (Kerela Social Club) अबुधाबीमा एक बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाली सांस्कृतिक उत्थान तथा लेखक एवं कलाकारहरुको हितका लागि कार्यरत यस संस्था (अनेकस) यू.ए.इ शाखाले गर्न लागेको भने पहिलो कार्यक्रम हो । बिश्वका विभिन्न देशहरुमा आफ्ना शाखाहरु बिस्तार भएको र केही देशहरुमा शाखा बिस्तारको क्रममा रहेको यो अन्तराष्ट्रिय नेपाली कलाकार समाज आम नेपालीहरु माझ निकै लोकप्रिय संस्था हो ।
भर्खरै जर्मनीमा सम्पन यूरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता र इनास सर्वोत्कृष्ट नेपाली फिल्म अवार्ड (INAS the best Nepali film of the year) ले अझै यसको लोकप्रियता बढाएको बिभिन्न बिश्लेषकहरुको भनाई छ । बिश्वभरि छरिएर रहेका शाखाहरुले निरन्तर भाषा, कला र संस्कृतिको उत्थान र लेखक तथा कलाकारको हितमा कार्यक्रम गर्दै आइरहेको परिप्रेक्षमा यु.ए.ई मा समेत हुन लागेको यस कार्यक्रममा यु.ए.ई का लागि नेपाली राजदुत महामहिम श्री धनन्जय झाज्यूको प्रमुख आतिथ्य एवं यस संस्थाका बरिष्ठ सल्लाहकार तथा गैर-आवासीय नेपाली संघ(NRN) मध्यपूर्वका क्षेत्रीय सह-संयोजक श्री एल एन सुबेदी जी को बिषेश आतिथ्य तथा यू.ए.इ मा कार्यरत बिभिन्न संघ सस्था हरुका प्रतिनिधि हरुको उपस्थिति रहनेछ । साथै उक्त कार्यक्रम मा भर्खरै सम्पन दोश्रो म्युजिक खबर म्युजिक अवार्ड बिजेता योगेन गुरुङ त्यसैगरी अन्य कलाकारहरु दिप सुब्बा, सुबास संगम राई, लोक गायकहरु गोपीकृष्ण पंगेनी, दिलिप थापा, चुमन काउछा, सुशील थापा, सिर्जना तामांग, सुरेश राना, करण न्यौपाने तथा अन्य थुप्रै स्थानीय कलाकारहरुले समेत आफ्नो कला तथा प्रतिभा देखाउने भएको जानकारी अनेकस यु.ए.ई. का अध्यक्ष श्रीमोहराज शर्मा मोहनज्यूले गराउनु भएको छ । उहाले कलाकारहरुको सम्मान र प्रतिभाको कदर गर्दै सांस्कृतिक उत्थानका लागि ख्यातिप्राप्त स्थानीय कलाकारहरुको दरिलो प्रस्तुति रहने यस भव्य कार्यक्रममा उपस्थितिको लागि यू.ए.ई बासी सबै नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुलाई हार्दिक अनुरोध समेत गर्नुभएको छ । कार्यक्रमसमबन्धी थप जानकारीका लागि देहायानुसारका पदाधिकारीज्यूहरुसँग संपर्क राख्नसकिने जानकारी समेत उहाँले गराउनुभएको छ ।
- मोहराज शर्मा मोहन ०५५८४२०८१०
- गोपीकृष्ण पंगेनी ०५०४८८३३०७
- योगेन गुरुङ ०५५९२७५४०४
- सुरेश राना ०५०९३५२६२३
- सुबास संगम राई ०५५३४८९५७०
- दिप सुब्बा ०५५७३०३८४

No comments: