Friday Film Release : : तीन फरक कथाका चलचित्र भिड्दै
२०७०-०२-१०
फिल्मी अपडेट ,काठ्माण्डौ
Friday Film Release : तीन फरक कथाका चलचित्र भिड्दै
फ़्राईडे फिल्म रिलिज अन्तरगत आज सुक्रबार देखि देश भित्र र बाहिर गरेर तिन चलचित्रहरु प्रदर्शनमा आएको छ । उमा , हो येही माया हो. ,रिया यी तिन चलचित्रहरु आज सुक्रबारबाट देश भर एकै साथ् प्रदर्शनमा आएका हुन् ।

‘हो यही माया हो’
तीन वर्षअघि सुटिङ भएको चलचित्र ‘हो यही माया हो’ शुक्रबारदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको छ । दीपक श्रेष्ठको निर्देशनमा सुवास गिरीले निर्माण गरेको चलचित्र पूर्ण रूपले प्रेममा केन्द्रित रहेको बताउँदै आएका छन् निर्माण पक्षले ।
सुवास गिरी इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सिना, जिया केसीलगायतले अभिनय गरेका छन् । सुरेश अधिकारीको संगीत रहेको चलचित्रमा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । हो यही माया हो देशभरका तीन दर्जनभन्दा बढी हलमा एकसाथ प्रदर्शन हुने बताइएको छ ।
"उमा"
छिरिङ रितार शेर्पाले निर्देशन गरेका चलचित्र "उमा"आज सुक्रबार बाट प्रदर्शनमा आएको छ । सौगात मल्ल,रिचा शर्मा, मिथिला शर्मा, अशोक शर्मा, दयाहाङ राई, प्रबिण खतिवडा,आदिको मुख्य अभिनय रहेको यो चलचित्रलाइ पुरुषोतम प्रधानले खिचेका छन । माओवादी द्धन्दकालमा एक परिवारले भोग्नु परेको पिडाको कथामा आधारित रहेर दुई दाजुबहिनीको प्रेम सम्बन्धको आधारमा तयार गरिएको उमा हेरिसकेपछि चलचित्र राम्रो वनेको प्रतिक्रिया संचारकर्मीहरुले दिएका छन ।
"रिया"
सईको थ्रिलर भनिएको चलचित्र "रिया"पनि आज सुक्रबार बाट देश भर एकै साथ् प्रदर्शनमा आएको छ . निर्माता ,निर्देशक तथा अभिनेता सुजित कुम्राराले निर्माण गरेको चलचित्र थ्रिलर चलचित्र हो. जसम संगीत पनि सुजित कुमार कुमारको नै रहेको छ ।

No comments: