आज २५५७ औ बुद्धजयन्ती
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण(मुत्यु) वैशाख पूणिर्माकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीहरूले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
आजका दिन बुद्धको जन्मस्थल लुम्विनी, ज्ञानप्राप्त गरेको बोधगया, धर्म प्रचार सुरु गरेको स्थान ऋषिपत्तन र निर्वाण प्राप्त गरेको स्थान कुशीनगरमा बौद्धधर्मावलम्वीले मेला भर्ने गर्दछन् । लुम्बिनी, बोधगया, ऋषिपतन कुशिनगरलाई बौद्धधर्मालम्बीहरूले चारधामको रूपमा लिने गर्छन् ।
सरकारले २००८ साल जेठ ८ गते बुद्धजयन्तीका दिन सार्वजनिक बिदा तथा २०१२ साल फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।
विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघले पनि सन् २००२ देखि आफना निकायहरूमा सार्वजनिक बिदा दिदै आएको छ ।
यसै अवसरमा आनन्दकुटी विहार स्वयम्भू तथा भगवान गौतमवुद्धको जन्मस्थल लुम्विनीमा हुने धर्मसभाको आतिथ्य मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीबाट ग्रहणगर्ने कार्यक्रम रहेको छ ।

No comments: