Breaking News

मातृभूमिकालागी युवा अभियान [youth movements for motherland] इजरायल शाखा गठन


मातृभूमिकालागी युवा अभियान [youth movements for motherland] इजरायल शाखा गठन

संसारभर छरिएर रहेका नेपाली युवाहरुलाई संगठित गराउने र उनीहरुसंग भएको शिप तथा क्षमताकों उच्चतम प्रयोग गरि समग्र राष्ट्रको बिकास निर्माणमा अग्रसर गराउने हेतुले स्थापना गरिएको मातृभूमिकालागी युवाअभियानकों देशीय शाखा बिस्तारकों क्रममा इजरायल शाखा गठन गरिएको छ l सामाजिक संजाल स्काईपको प्रयोग गरि संचालन गरिएको छलफलमा सो संस्थाको केन्द्रिय उपाध्यक्ष श्रीमती सीता तिवारी र कोषाध्यक्ष श्रीमती साबी पाठककों विशेष पहलमा इजरायलस्थित बिभिन्न संग सस्थामा आवद्ध बहुसंख्यक समाजसेवी व्यक्ति हरुको सहभागिता रहेको थियो,सो कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष श्री सुनिल खड्का ज्यु प्रमुख अथिति हुनुहुन्थ्यो भने महासचिव श्री होब खडका ज्युको पनि उपस्थिति थियो,उक्त कार्यक्रम संचालन सोहि संस्था का सचिव श्री छवि शर्मा ज्युले गर्नुभएको थियो !
उक्त कार्यक्रमबाट श्रीमती बिमला [नितु] खतिवडाकों अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन गरियो ,कार्यक्रममा सोधिएका प्रश्नकों जवाफ दिदै केन्द्रीय अध्यक्ष श्री सुनिल खड्का ज्युले आफुले सबै सुझाव सल्लाह र बिचारलाई आत्मासात् गर्दै समग्र रुपमा सामाजिक कामको लागी आफु सधै लागीरहेने बताउनु भएको थियो सोहि क्रममा नवगठित इजरायल शाखाको अध्यक्ष श्रीमती बिमला [नितु ]खतिवडाले सम्पूर्ण साथीहरुसंग हातेमालो गरि सदैब संस्थाको मर्म र भावना अनुसार अगागी बढने कुरा बताउनु भएको थियो साथै कार्यक्रमकों अन्त्यमा यस मातृभूमिकालागी युवाअभियान का केन्द्रीय अध्यक्ष श्री सुनिल खड्का ज्युले सम्पूर्ण नवगठित कार्यसमिती तथा उपस्थित सबैमा धन्यवाद दिदै कार्यक्रम अन्त्य भएको घोषणा गर्नु भएको थियो l

नबगठित इजरायल शाखाको पदाधिकारी हरुको नामावली निम्नानुसार रहेको छ ! बरिष्ट सल्लाहकार श्री कृष्ण कुमार रायामाझी अध्यक्ष- श्रीमती बिमला (नितु) खतिवडा उपाध्यक्ष- श्रीमती नानु घिमिरे (काजल ) दितिय उपाध्यक्ष-श्रीमती मुना सिटौला ( दुलाल ) सचिव - श्रीमती सुमित्र पौडेल (बाँस्तोला ) सह-सचिव - श्रीमती सुलोचना दाहाल कोषाध्यक्ष- श्रीमती चित्रा खनिया (सुबेदी ) सह-कोषाध्यक्ष- श्रीमती सिता बास्कोटा सदस्यहरु - श्रीमती यमुना बस्नेत [ ढकाल ] श्रीमती सुस्मिता सिलवाल श्रीमती मन्जु उप्रेती श्रीमती टीका बास्कोटा (दंगाल ) श्रीमती राज्यावती त्रीपाठी श्रीमती सरिता बिष्ट श्री धर्मराज भण्डारी श्रीमती दकम सिटौला श्रीमती रुबी कार्की श्रीमती यमुना कंडेल श्री सुरेन्द्र प्रसाई श्रीमती कोपिला कोईराला श्रीमती सुशिला लुईटेल श्रीमती राजकुमारी ओली(रोजा) श्रीमती राधिका सुबेदी श्री दिपेन्द्र थापा श्री जय प्रसाद ओडारी श्रीमती अनिता तामाङ

How about this Article

No comments:

Leave a Reply