मेस्सीले म्याराडोनालाई उछिने
३ असार, काठमाडौं । लिओनल मेस्सीको हृयाट्रिकको मदतमा अर्जेन्टिनाले ग्वाटेमालालाई पराजित गरेको छ । शनिबार भएको मैत्रिपूर्ण फुटबलमा अर्जेन्टिनाले ग्वाटेमालालाई ४-० ले पराजित गरेको हो ।

खेलमा अर्जेन्टिनाले १५ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो ।३६ औं मिनेटमा ओगस्टो फर्नाडीजले अग्रता दोब्बर पारे । खेलको ४० औं मिनेटमा मेस्सीले पेनाल्टी गोल गरेपछि पहिलो हापमा अर्जेन्टिना ३-० ले अघि रहृयो । खेलको ४९ औं मिनेटमा व्यक्तगत तेस्रो गोल गर्दै बार्सिलोनाका स्टार मेस्सीले हृयाट्रिक पूरा गरे ।
ग्वाटेमालाविरुद्धको हृयाट्रिकसँगै अर्जेन्टिनाका लागि मेस्सीको गोल ३५ पुगेको छ । यो डिएगो म्याराडोनाले अर्जेन्टिनाका लागि गरेको गोलभन्दा १ गोल बढी हो । फुटबलका महान हस्ती म्याराडोनाले आफ्नो फुटबल करियरमा अर्जेन्टिनाका लागि ३४ गोल गरेका छन् । अर्जेन्टिनाका लागि सर्वाधिक गोल भने गाबि्रएलको नाममा रहेको छ । उनले ५६ गोल गरेका छन् ।

No comments: