Breaking News

इङ्ग्ल्याण्ड सेमिफाइनलमा

३ असार, काठमाडौं । आयोजक इङ्ग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा न्यूजिल्याण्डलाई १० रनले पराजित गर्दै इङ्ग्ल्याण्डले ४ अंकका साथ अन्तिम चारमा स्थान पक्का गरेको हो ।

हारपछि पनि ३ अंकका साथ दोस्रो स्थानमा न्यूजिल्याण्डको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । श्रीलंकाको २ र अष्ट्रेलियाको १ अंक छ र आज राति भिड्दैछन् ।
वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा पहिले व्याटिङ गरेको इङ्ग्ल्याण्डले ३ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय ६९ रन बनायो । उसका लागि एलिस्टर कुकले ६४ र जोए रुटले ३८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
जवाफमा मैदान उत्रिएको न्यूजिल्याण्डले केने विलियमसनको ६७ रनको मदतमा ८ विकेटको क्षतिमा १ सय ५९ रन मात्र बनाउन सक्यो ।

How about this Article

No comments:

Leave a Reply