Breaking News

नेपाली क्रिकेटर नरेश र सागर तेन्दुलकरको मोडल

नेपाली युवा क्रिकेटर नरेश बुढायर र राजेश पुलामी इङ्ग्ल्याण्डको त्रिकेट क्लब एमएमसीमा ६ हप्ते विकास कार्यक्रममा सहभागी भएका छन् । क्रिकेटको घर भनेर चिनिने लोड्स मैदानको मालिक एमएमसीमका मूख्य प्रशिक्षक मार्क एलेनले दुई नेपालीसँगै एमएमसीका युवा क्रिकेटरहरुलाई प्रशिक्षण दिने छन् ।
sagar-n-naresh
नेपाली क्रिकेटको प्रर्दशनको खुलेर प्रशंसा गरेका एलेनले विकास कार्यक्रममा नेपाली क्रिकेट विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । दुबै फिल्डमा निकै सक्रिय भएको भन्दै उनले भने-’व्याट्सम्यानका रुपमा उनीहरु आफ्नै सचिन तेन्दुलकरको मोडल हुन् ।’ दुबै नेपाली क्रिकेटर राम्रो ब्याट्सम्यान भएको भन्दै उनले खुलेर प्रशंसा गरे । लोड्स टीभीसँग कुरा गर्दै एमएमसीमका मूख्य प्रशिक्षक एलेनले दुबै क्रिकेटको विकासका लागि निकै भोका भएको समेत बताएका छन् ।
नरेश र सागरले भने आफूहरु पहिले लोड्स प्रवेश गर्दा यही हो भन्ने लागेको सुनाए । उनीहरुले भारतले इङ्ग्ल्याण्डलाई पराजित गर्दा बाल्कुनीमा बसेर सौरभ गांगुलीले टिसर्ट हल्लाएको स्थानमा गएको अनुभव सुनाए ।

How about this Article

No comments:

Leave a Reply