Breaking News

राष्ट्रिय विशेष खेलकुद बिहीबारदेखि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको यो १८ औं संस्करण हो ।


प्रतियोगितामा दृष्टिविहीन, शारीरिक अपाङ्ग र बहिरातर्फ एथलेटिक्सको प्रतिस्पर्धा हुने आयोजक समितिका सदस्य मीनकुमार शर्माले मंगलबार जानकारी गराए । दृष्टिविहीनमा ९३, शारीरिक अपाङ्गमा १ सय ७ र बहिरातर्फ १ सय २ गरी कूल ३ सय २ खेलाडीको सहभागिता रहनेछ । अफिसियल संख्या ६३ रहेको छ । ४६ स्वर्ण त्यत्तिकै रजत र कांस्य गरी जम्मा १ सय ३८ पदकका लागि भिडन्त हुनेछ ।
दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने सदस्य शर्माले बताए । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेप कोषाध्यक्ष इन्द्रबहादुर थिङको संयोजकत्वमा ९ सदस्यीय आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताको राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ ।

How about this Article

No comments:

Leave a Reply