बर्षासंगै देशभर लगायत धौलागीरीको जनजिवन प्रभावित
प्रविण खत्री÷म्याग्दी
लगातारको वर्षाका कारण म्याग्दीको भकिम्ली गाविस वडा नं ९ तोराखेतमा पहिरो जाँदा १३ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने पाँच घर जोखिममा परेका छन् । मंगलवार विहान गएको पहिरोवाट स्थानीय बलवहादुर परियार, ओमवहादुर परियार, भिम परियार, दिलवहादुर परियार, गोपाल परियार, पूर्ण परियार, कृष्ण परियार, विष्णु परियार,टिकाराम परियार, दिपेन्द्र परियार, श्याम परियार र तिलवहादुर परियारको घर पूर्णरुपमा क्षति भएको स्थानीय भिम परियारले जानकारी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार उद्धारका लागि घटनास्थलमा प्रहरीको टोली परिचालन गरिसकिएको छ । पहिरोका कारण पाँचघर जोखिममा रहेका छन् भने मकैवारी पूर्णरुपले नष्ट भएको छ । सोही पहिरोका कारण ज्यामरुककोट गाविसको वगरफाँट गाउँसमेत उच्च जोखिममा परेको छ । मंगलवार साँझसम्म पनि वर्षा नरोकिएको र पहिरो खस्ने क्रम जारी रहेको स्थानीयले वताएका छन् । पहिरो पीडितहरु खुला ठाउँमा पाल टाँगेर वस्न वाध्य भएका छन् । यसैविच शनिबारदेखि निरन्तर परेको वर्षापछि आएको बाढीमा परि मुस्ताङमा एकजना व्यक्ति वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरिक्षक चुराबहादुर कार्कीका अनुसार कागबेनीको तीरि गाउँमा काम गर्दै आएका एकजना कामदार सोमबारदेखि हराएका हुन् । सोहि गाउँमा बाढी पस्दा स्थानीयका करिव १५ ओटा गाइ तथा खच्चरका गोठहरु बाढीले बगाएको पनि उनले बताए । हराइरहेका व्यक्तिको खोजीकार्य जारी रहेपनी अझै केही पक्ता लागेको छैन् । त्यस्त निरन्तरको वर्षापछि स्थानीय ठाडो खोलामा आएको बाढी मार्फा गाउँमा पसेपछि गाउँबासीमा त्रास फैलिएको छ । यसैविच अविरल बर्षा, कारण म्याग्दीको घतानमा ४ घर भत्किएका छन् । घतान–८ का पदमबहादुर चोखाल, चन्द्रबहादुर चोखाल, फौदबहादुर चोखाल र तोरे नेपालीका घर भत्किएका हुन् । निरन्तरको वर्षाले घर भत्किएपछि स्थानीयको सहयोगमा ती परिवार र घरभित्रका सामानहरु सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार क्षतीग्रस्त घरका सबै संरचना पुर्ण रुपमा क्षती नभएपनि बस्न खतरा भएपछि परिवारलाई अन्यत्र सारिएको छ । घर भत्किंदा कुनै मानविय क्षती भने नभएको प्रहरी कार्यालय म्याग्दीका प्रहरी जवान हरिराम बोहराले बताए ।

No comments: