रेग्मीले भने–मंसिर ४ गतेको निर्वाचन सफल पार्न सबै जुटौं
राजनीतिक निकासका लागि चुनावभन्दा अर्को विकल्प केही नभएको भन्दै उहाँले बिरोधमा रहेका दललाई सहमतिमा आउन फेरि अपील गर्नुभयो । नेपाल स्काउटको हिरक महोत्सवका अवसरमा काठमाडौंको लैनचौरमा गरिएको कार्यक्रममा रेग्मीले सरकारले समय तालिका तोकिसकेकाले मतदाता नामावली, निर्वाचन अध्यादेशलगायत बिषयमा रहेका समस्या समाधान गरिने बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकद मन्त्री रामकुमार श्रेष्ठले बालबालिकामा अध्ययनका साथसाथै खेलकुदमा सहभागिता बृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । स्काउटको माध्यमबाट विद्यार्थीको शारीरिक मानसिक विकासमा सहयोग पुगेको भन्दै उहाँले आगामी दिनमा सरकारले स्काउटको विकासमा थप सघाउने बताउनुभयो ।
कार्यक्रममा स्काउट क्षेत्रका समाचारलाई उल्लेख्य रुपमा प्रस्तुत गर्ने अन्नपूर्ण दैनिकका संवाददाता रामकला खड्कालाई स्काउट पत्रकारिता पुरस्कार प्रदान गरियो । नेपाल स्काउटमा हाल ५० हजार व्यक्तिआवद्ध रहेका छन् भने ६४ जिल्लामा स्काउटको शाखा रहेको छ ।

No comments: