Breaking News

अबिरल बर्षाका कारण अन्नपूर्ण पदयात्रा गर्ने पर्यटकहरुलाई यात्रा गर्न असहज

जनक श्रेष्ठ, ६ मनाङ

अबिरल  बर्षाका कारण विश्वविख्यात अन्नपूर्ण चक्रीय पदमार्गका विभिन्न ठाउँहरुमा बाढी पहिरो भएको छ । बाढी पहिरोका कारण यसैवर्षनिर्माण सम्पन्न वेसीशहर-चामे सडकमा समेत क्षति पुर्‍याएको छ ।


 यस्तै, पदमार्गका कतिपय बाटो बगाएकाछन् भने बाटोमा हिँडडुल गर्न समेत मुस्कील परेको छ । लमजुङ सदरमुकाम वेसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्ममात्रै सानाठूला गरि एकदर्जन बढी ठाउँमा पहिरोले बाटो बगाएको छ । मनाङ सदरमुकाम चामेसम्म नियमित मोटर चलिरहेकोमा अबिरल बर्षाले मोटरबाटोमा समेत क्षति पुर्‍याएपछि अहिले मोटर चल्न सकेको छैन ।

How about this Article

No comments:

Leave a Reply