मनाङमा जताततै लघु जलबिघुत
जनक श्रेष्ठ, ५ मनाङ
देशमा ऊर्जा संकट भोगीरहेको बेला हिमालपारिको जिल्ला मनाङका प्रत्येक गाउँमा लघु जलविघुतले झिलिमिली बनेको छ । मनाङका सबै गाविसका गाउँहरु बिजुल्ाी बत्तीबाट झिलीमिली भएका हन् ।१३ गाविस रहेको मनाङ जिल्लामा हाल ४५ किलोवाटको स्याल्क्यु खोला लघु जलविघुत् आयोजना,८० किलोवाटको मनाङ सामुदायिक जलविघुत् केन्द्र,२५ किलोवाटको ताचै बगरछाप जलविघुते केन्द्र, ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविघुत् उपभोक्ता समिती चामे, ३० किलोवाटको धारापानी जलबिघुत केन्द्र र २० किलोवाटको थोराङफेदी गरी कुल २ सय ३२ किलोवाट विघुत उत्पादन भएको छ ।

फु गाविसमा समेत दर्ुइ बर्षघि १.४४ किलोवाट क्षमताको सोलार जोडिएको छ । यस बर्षफेरी माथिल्लो मनाङमा करिब ४५ किलोवाट क्षमतामो अर्को लघु जलविघुत आयोजना पनि निर्माण हुदै छ । मनाङबासी सबैले आफ्नै पहलमा बिजुली निकालेका हुन् । गाउँ गाउँमा बिजुली पुगेपछि अहिले मनाङका अधिकांश घरमा टेलिभिजन जडान गरिएको छ भने खाना पकाउन,बेकरीका परिकार बनाउन तथा पानी तताउन र अन्य बिजुलीबाट सञ्चालन हुने काम गर्नसमेत सजिलो भएको चामेका स्थानिय तेज घलेले बताउनुभयो । जताततै उज्यालो भएपछि काम गर्न धेरै सजिलो भएको स्थानियबासीले बताएका छन् । विषेशगरी पर्यटकको चहलपहल बढि हुने मनाङमा बिजुली भएपछि सजिलो भएको छ । बिजुली भएपछि मनाङमा टेलिभिजन सेवासमेत विस्तार भएको छ । अहिले मनाङका अधिकांश गाउँमा नेपालटेलिकमले मोबाइलको टावर जडान गरिसकेको छ ।

No comments: