Breaking News

राजनीतिमा छिरेकी छु, प्रधानमन्त्री नै बन्छु

रेखा प्रधानमन्त्री भन्दा जिब्रो नटोक्नुस, किन भने तपाई हामीले भनेर केही हुन्न। रेखाले बोलेसी बोलिन्।
पत्याउनु भएन् ? सानैमा रेखाले नायीका बन्छु भन्दा साथीहरुले तँ काली कसरी हिरोइन बन्छेस् ? भनेर जिस्क्याउँथे उनलाई । त्यतीखेर तपाई हामीले रेखा प्रधानमन्त्री बन्छिन भन्दा नपत्याए झैं धेरैलाई पत्याएका थिएनन्। तर रेखा नायीका भररै छोडिन त्यो पनि नं १ नायीका।
शनिवार राती धरानमा एक पत्रकार सम्मेल गर्दे यो उदाहरण दिएकी हुन् । प्रधानमन्त्री सम्म बन्ने चाहना राखेकी रेखालाई पत्रकारले प्रश्न गरेका थिए‍- नायीका बनेझैं प्रधानमन्त्री बन्न सजिलो छ त? त्यसपचि रेखाले दिइन् तर्क सहितको जवाफ । नेतृ बनिसकेकी रेखाको मुखभरिको जवाफ पाएपछी पत्रकारले राजनीतिसंग जोडिएका अन्य प्रश्न सोध्न सकेनन् ।
रेखाले चुनाव लड्ने उदघोष समेत गरेकी छिन्। उनले समानुपातिक होइन् प्रत्यक्षमै चुनाव लड्ने बताएकी छिन्। उनले मोरङमै चुनाव लड्ने संकेत गरिन्।
राष्ट्रिय चलचित्र महोत्सवकालागि धरान पुगेकी रेखाले राजनैतिक विषयमा जमेर पत्रकारसंग गफ गरेकी हुन् ।
रेखाले आफ्ना पिताको नाममा प्रेम फाउन्डेसन शुरु गरेर समाजसेवा गर्ने लक्ष्य राखेको पनि बताएकी छिन्। नायीका रेखाले प्रधानमन्त्रीनै बनेपनि फिल्म बनाउन भने नछोड्ने समेत बताएकी थिइन् ।

How about this Article

No comments:

Leave a Reply