Breaking News

चर्चित खेलाडी विधाका लागि चार खेलाडी मनोनीत

१९ जेठ, काठमाडौ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष सञ्चालन गर्दै आएको पल्सर स्पोट्स अवार्डअन्तर्गत २०६९ सालको चर्चित खेलाडी विधाका लागि चारजना खेलाडी मनोनयनमा परेका छन् ।
मञ्चले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मनोनयनमा पर्न सफल खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, पौडीका शिरिष गुरुङ, उसुकी झरना गुरुङ र एथलेटिक्सकी केशरी चौधरी रेहका छन् ।
मनोनयनमा परेका चार खेलाडीमध्ये एसएमएसमार्फत सबैभन्दा बढी मत प्राप्त गर्ने एक जनाले चर्चित वर्ष खेलाडीको उपाधि पाउनाका साथै एक थान मोटरसाइकल पुरस्कार प्राप्त गर्ने खेलकुद पत्रकार मञ्चका सचिव प्रकाश तिमल्सिनाले बताए ।
वर्षको चर्चित खेलाडी विधामा मनोनयन गर्दा खेलाडीको प्रदर्शन र उपलब्धिसागै त्यसको प्रभाव एवम् जनचासोलाई समेत आधार बनाइएको मञ्चका महासचिव महेश आचार्यले जानकारी दिए ।
उक्त पुरस्कार मञ्चले आगामी असार १८ गते विश्व खेलकुद पत्रकार दिवसको अवसरमा प्रदान गर्नेछ ।
साथै मञ्चले वर्षको उत्कृष्ट पुरूष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकको नाम चाँडै सार्वजनिक गर्ने जानकारी दिएको छ ।
त्यसैगरी स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र वर्ष उत्कृष्ट पाराएथ्लिटको घोषणा भने असार १८ गते नै गरिने मञ्चका सचिव तिमल्सिनाले बताए । रास




How about this Article

No comments:

Leave a Reply