सरकारले आज निर्वाचन कानून पारित गर्ने संभावना, आयोग असन्तुष्ट
निर्वाचन कानून पारित गर्न ढिलाइ भएका कारण निर्वाचन तयारीमा आयोलाए अफ्ठ्यारो परेको भन्दै सरकारले निर्वाचन आयोगले प्रस्ताव गरेको कानूनको ड्राफ्टलाई आधार बनाएर कानून पारित गर्ने तयारी गरेको हो ।
स्रोतका अनुसार सरकारले समानुपातिक प्रणालीतर्फ आयोगले प्रस्ताव गरेको एक प्रतिसत थ्रेसहोल्डको प्रावधान नराख्ने भएको छ । मन्त्रीपरिषद बैठकले आज बजेटको बिषयमा समेत छलफल गर्नेछ ।
यसैबीच, निर्वाचन कानून पारित नभएको भन्दै निर्वाचन आयोगले असन्तुष्टी जनाउँदै आएको छ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ड उप्रेतीले सरकार गठन भएको तीन महिनासम्म निर्वाचन कानून पारित हुन नसक्नु गम्भीर बिषय भएको बताए ।

No comments: