पुटिनलाई २९ वर्षपछी छाडिन् पत्नीले
आफूले ल्युडमिलासँग सम्बन्ध विच्छेद गरेको कुरा सही भएको रसिया-२४ टेलिभिजनमार्फत पुष्टी गरेका थिए । उनीहरूको सम्बन्धबिच्छेद ३० औ विवाहको वर्षगाँठको दुई महिना मात्र अघि भएको हो ।
यता सम्बन्धविच्छेदको निर्णय दुवैको भएको पुटिनकी पत्नी ल्युडमिलाले समेत स्विकार गरेकि छिन् । सम्बन्ध विच्छेदका कुरा गर्दा पुटिन केही निराश भने देखिएका थिए । तर, ल्युडमिला भने खुसी नै देखिन्थिन् । यसले पनि सम्बन्धविच्छेद पुटिनका कारण भन्दा पनि ल्युडमिलाले नै गर्न चाहेको हो कि भन्ने अड्कल काट्न सकिन्छ ।
लामो समयदेखि रुसी राष्ट्रपतिको सम्बन्धबिच्छेदको हल्ला चलिरहेका बेला हालै दुवै जनाले त्यसलाई स्वीकार्दै सेफ ल्याण्डको कोसिस गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । पुटिन दम्पत्तिका दुई छोरी छन् ।
यस्तै, सन् २००८ मा पनि पुटिनले ल्युडमिलालाई छाड्ने र आफूभन्दा आधा उमेरकी एक जिम्यानिष्टसँग विवाह गर्ने हल्ला चलेको थियो ।

No comments: