Breaking News

आज वर्षभरिकै लामो दिन, भोलिदेखि दिन छोटिने

sunriseकाठमाडौ, ७ असार । आज जुन २१  तारिख अर्थात वर्षको सबैभन्दा लामो दिन हो । आजको दिन १४ घन्टाको हुनेछ । र रात सबैभन्दा छोटो हुनेछ ।
आजको दिन पृथ्वीमा दक्षिणी गोलार्धमा दिन छोटो र उत्तरी गोलार्धमा दिन लामो हुने गर्छ । भोलिदेखि दिन छोटो र रात लामो हुनेछ ।
आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले जुन २१ मा दिन लामो हुन्छ ।
अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन पर्ने गर्छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ ।

How about this Article

No comments:

Leave a Reply