धवनले धुँवादार ब्याटिङ गरेपछि भारतले गर्यो जित दर्ता
इंग्ल्याण्डको कार्डिफमा जीतका लागि ३ सय ३२ रनको विजय लक्ष्य लिएर मैदान छिरेको दक्षिण अफ्रिकाको टोलीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर मात्र ३ सय ५ रन जोड्न सफल भयो । उसका लागि रायन म्याकलरेनले अविजित ७१ रन, एबि डी भिलियर्सले ७० रन, तथा रोबिन पिटरसनले ६८ रन जोडेपनि त्यो टोलीको जितका लागि पर्याप्त हुन सकेन ।
यसअघि ब्याटिङ गरेको भारतले धवनको शानदार शतकको मद्धतले निर्धारित ५० ओभरमा ३ सय ३१ रनको योगफल तयार पारेको थियो । त्यस्तै, रोहित शर्माले ६५ रन, रविन्द्र जडेजाले ४७ रन जोडेका थिए । जितसँगै भारतले दुई अंक जोडेको छ ।
आजको खेलमा पाकिस्तान र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुदैँछ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछि ओभलमा सुरु हुनेछ । पाकिस्तान मिसवहा उलहकको कप्तानीमा मैदानमा उत्रने छ भने वेष्ट इन्डिजको नेतृत्व भने ड्योन ब्राभोले गर्नेछन् ।

No comments: