मलाई सन्तानको इच्छा छैन्: नायीका करिना कपुर
एक फेसन पत्रिकाका लागि अन्तरवार्ता दिने क्रममा नायीका करिनालाई सन्तानका विषयमा सोधीएको प्रश्नमा उनले 'कसलाई के थाहा छ र म सन्तान नजन्माउन पनि सक्छु' भन्ने उत्तर दिँदै आफू सन्तान जन्माउने पक्षमा नरहेको धारणा व्यक्त गरेकी हुन् ।
उनले आफ्नो पतिको पहिल्यै दुई सन्तान रहेको भन्दै आफूलाई सन्तान जन्माउने कुनै हतार नभएको बताएकी छिन् । उनले आफू र सैफको जोडिलाई निकै आधुनिक विचार भएको जोडि भएको दावी गर्दै आफूहरू समाजको बन्धनमा नबाँधिने बताएकी छिन् ।
सैफ र करिनाले गत अक्टुबरमा विवाह गरेका थिए । सैफले यसअघि नै अर्की नायीका अमृता सिंहसँग विवाह गरिसकेका थिए भने यता करिना पनि बलिउड नायक शाहिद कपुरसँग जोडिएकी थिइन् ।

No comments: