आज पनि वार्ता, तराई बन्द कायमै
२४ जेठ, दाङ । मुक्त कमलरी सम्मिलित संयुक्त संघर्ष समितिको आहृवानमा गरिएको अनिश्चीतकालीन तराई बन्दको आज चौथो दिन, आज पनि तराईको जनजिवन बिहानैदेखि प्रभावित भएको छ ।
बन्दका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था, उद्योग ब्यवसायी मंगलबारदेखि ठप्प भएका छन् । सरकार र मुक्त कमलरी बीचको वार्ता पनि निष्कर्षबिहिन भएपछि बन्द आज पनि कायम रहेको हो । बिहिबारको वार्ता सकारात्मक रहेको र आफुहरूका ११ बुँदे मागहरु मध्य ९ वटा मागमा सहमति भइसकेको संघर्ष समितिले जनाएको छ ।
ज्यान गुमाएकी सिर्जना चौधरीलाई कम्लरी राख्ने युवराज पौडेललाई पक्राउ गरेर अनुसन्धान गर्ने वा अनुसन्धान गरेर पक्राउ गर्ने भन्ने बिषयमा कुरा नमिलेको र मृतक कम्मलरीहरूका परिवारलाइ १० लाख क्षतीपुर्ती दिने बिषयमा कुरा नमिलेको बताइएको छ ।
वार्ता आज बिहान १० बजे देखि १ बजेको बीचमा बस्ने सहमति भएको जनाइएको छ ।

No comments: