फेसबुके बलात्कारले प्रेमी पाउने आश
उनले फेसबुकमा आफ्नो घरमा दुईजना छिरेर आफूलाई बलात्कार गरेको बताएकी थिइन् । आफूलाई बलात्कार गर्दै उनीहरूले कुटेको समेत उनले फेसबुकमा लेखेकी छिन् । उनले आफू बलात्कार भएको प्रमाणित गर्नका लागि आफैले आफूलाई कुटेर तथा लुगा च्यातेकी थिइन् । उनले आफूलाई कुटेर र लुगा च्यातेर त्यसको फोटो समेत फेसबुकमा पोष्ट गरेकी थिइन् ।
बलात्कारको उक्त घटनालाई साँचो बनाउनका लागि इन्टरनेटबाट दुई युवाको खोजी गरिन् र ती दुई युवालाई बलात्कारको घटनामा मुछिन् । प्रहरिले पनि ती दुई युवालाई बलात्कारको आरोपमा पक्राउ गरी फोरेन्सिक टेस्ट र मेडिकल टेस्ट गर्यो जहाँ ती युवाहरू निर्दोष देखिए । पछी मात्र प्रहरीले एट्रिजले बलात्कारको झुठो आरोप लगाएको खुलासा भएको थियो ।
यस घटनापछी एट्रिजले जेल सजाय त पाइनन् तर २ सय घण्टा सामाजिक काम गर्ने सजाय भने पाइन् ।

No comments: