अक्षय कुमारले कुकुरसँग फिल्म खेल्ने
चलचित्रलाई लिएर अक्षय कुमार निकै उत्साहित भएको उनले बताएका छन् । आफूले सबैखालका चलचित्रमा अभिनय गरेको बताउँदै उनले पहिलो पटक आफूले कुकुरको साथमा अभिनय गर्न लागेकाले आफू झन् उत्साहित भएको बताएका छन् । नायक अक्षय कुमारले चलचित्र प्रेम तथा मनोरञ्जनमा आधारित रहेको जसमा आफूलाई तमन्ना र कुकुरले साथ दिने बताएका छन् ।
आफुले अहिलेसम्म चलचित्रहरूमा नायीकाहरूसँग रोमान्स पनि गरेको,बच्चाहरूसँग पनि खेलेको र चलचित्रका हरेक तरिकाका अभिनय गरेको तर कुकुरसँगको अभिनय आफ्ना लागि पहिलो अनुभव रहेको बताउँदै आफू यसका लागि तयार तथा उत्साहित रहेको बताएका छन् ।
यस्तै, तमन्नाले पनि आफू निकै उत्साहित भएको बताएकी छिन् । उनले आफू अक्षय कुमारसँग खेल्न पाउँदा निकै खुसी भएको बताएकी छिन् ।

No comments: