नायीका जिया खानको बलात्कार भएको खुलासा
६ पेज लामो उनको सुसाईड नोट उनकी आमा राविया खानले आइतबार प्रहरीमा बुझाएपछी यो घटनाबारे पर्दा खुलेको हो । जियाकी आमा राबियाले प्रहरीले उक्त सुसाइड नोट बुझाएर यसबारे जानकारी समेत दिएकी छीन् ।
नायीका जियालाई उनकै प्रेमीले बलात्कार गरेको र गर्भपतन समेत गरेको कुरा जियाले सुसाइड नोटमा लेखेकी छिन् । उनले लेखेकी छिन्, 'म तिमीलाई धेरै माया गर्थे, बदलामा मैले केही पाइन । तिमीसँगको प्रेमबाट मैले मात्र गाली, यातना, बलात्कार मात्र पाए मैले । तर पनि मैले सहेकै थिए, तिमीसँग प्रेम गरेकै कारण । बदलामा तिमीले मलाई केही दिएनौ मात्र धोका, बलात्कार बाहेक । मेरो जिवनमा मात्र तिमी थियौ र मेरो चलचित्र क्षेत्र । तर, अब म यसरी घिटिघिटि भएर बाच्न सक्दिन । मैले मेरो १० वर्षको करिअरबाट बिदा माग्दै यो दुनियाबाट टाढा जाँदैछु । जब तिमी यो कुरा पढिरहेको हुनेछौ, तबसम्म सायद म धेरै टाढा पुगिसकेको हुनेछु ।'
जियाकी आमाले पनि आफ्नी छोरीले त्यतिकै हतास भएर आत्महत्या नगरेको यसका पछाडि मानसिक र शारीरिक पिडाका कारण आत्महत्याको निर्णय पुगेको बताएकी छिन् । आमाका अनुसार यस्तो हुँदा पनि जियाले सहेर बसेको तर, जियाको प्रेमीले वेवास्ता गरेपछी भने उनको पिडाले चरम रूप लिएको कारण उनले आत्महत्या गरेकी हुन् । उनकी आमा राबियाले जियाको आत्महत्यामा जियाको प्रेमी सुरज पञ्चोली जिम्मेबार रहेको दावी गरेकी छिन् ।

No comments: