महिलाहरू पुरूष शौचालयमा छिर्नुलाई असामान्य रूपमा लिइन्छ । तर, इजरायली मोडेल बार राफेली पुरूष शौचालयमा छिरेकी छिन् र उनले त्यहाँ पुरूषले जस्तै शौच गर्न लागेको तस्विर खिचाएकी छिन् । उनले खिचाएको तस्विरका कारण अहिले सञ्चारमाध्यममा उनको चर्चा समेत निकै चल्न थालेको छ । उनले उक्त तस्विर जानाजान खिचाएकी हुन् । महिलालाई समान अवसर प्रदान गर्नुपर्ने आन्दोलन नै चलिरहेका बेला महिलालाई उक्त आन्दोलनमा सहयोग गर्ने भन्दै उनले यस्तो तस्विर खिचाएकी हुन् ।
२८ वर्षीय फोटोग्राफर लियोनार्डो डि काप्रियोले खिचेको उक्त तस्विरलाई उनले ट्विटरमा ट्विट गरेकी थिइन् । उनले ट्विटरमा उक्त फोटो ट्विट गर्दै लेखेकी छिन्, 'पुरूष, महिला, तेस्रो लिङ्गी, समलिङ्गी सबै बराबर ।'
हेरौ उनले पुरूष शौचालयमा खिचाएको तस्विर...
No comments: