मनमोहन सिंहले 'धाप' मारेपछि देउवा फूरूङ्ग
भेटका अवसरमा भारतीय प्रधानमन्त्री सिंहले नेपालका लोकतान्त्रिक संविधान बनेको हेर्न चाहेको बताएका थिए । भेटमा देउवाले आगामी मंसीरमा हुने संविधानसभाको निर्वाचनमा भारतीय सहयोगको प्रस्ताव राखेका थिए । आशन्न संविधानसभाको निर्वाचन, नेपालमा संचालित भारतीय आयोजनाको सुरक्षा लगायतको बिषयमा छलफल भएको भेटमा सहभागि काग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।
यसअघि देउवाले हिजो कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विदेश मन्त्री सलमान खुर्सीद लगायत उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गरेका थिए । चुनावी सरकारले संविधानसंभाको निर्वाचनको मिति घोषणा गर्न नसकिरहेका बेला नेता देउवाको भारत भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । नेता देउवा जेठ ३१ गते स्वदेश फर्किने कार्यक्रम छ ।

No comments: