कामरेड 'आलु खाएर पेडाको धाक' ?
पार्टी प्रवेश कार्यक्रमलाई 'सरप्राइज' कार्यक्रमको संज्ञा दिएका कारण बल्खुमा पत्रकारको भीड थियो । तर, एमालेको सरप्राइज पार्टी प्रवेश कार्यक्रम 'पहाड' फोरेर मुसो निकाले जस्तै देखियो ।
कार्यक्रम सुरू हुने बेलामा एमाले त्यागेका एकजना कनिष्ट मधेशी नेता टीका लाइनमा देखा परे, उनी रहेछन् तमलोपा नेपालका नेता रत्नेश्वरलाल गोइत ।
कार्यकर्ता पलायनबाट आक्रान्त बनेको एमालेले राजनीतिक रूपमा निश्प्रभावी व्यक्तिलाई भित्राउन देखाएको तामझमप्रति स्यंम एमालेका कार्यकर्ता पत्रकार आर्श्चर्यमा परेका थिए ।
आफूहरुलाई ठूलै समाचार दिने भन्दै बोलाएर अल्मलाएको भन्दै एकजना पत्रकारले व्यङ्ग गरिहाले के हो कामरेड 'आलु खाएर पेडा'को धाक लगाउने ।
कनिष्ट स्तरका भएपनि कार्यकर्तालाई प्रवेश गराउन पाएकोमा एमाले अध्यक्ष झलनाथ खनाल फूरुङग थिए । खनालले भने, 'आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ ।

No comments: