Breaking News

सिंहदरबारमा डोजर लगाइने

singhadurbar२९ जेठ, काठमाडौ । सडक विस्तार गर्न सर्वसाधारणका घर भत्काइरहेको सरकारले सिंहदरबारमा भने डोजर लगाउन अटेर गरेको छ । पद्योदयमोडदेखि माइतीघरसम्म अतिक्रमित सडक विस्तार गर्न सिंहदरबारले नै अटेर गरेको हो ।
पद्योदय-माइतीघरका अतिक्रमित संरचना भत्काउन उपत्यका विकास प्राधिकरणले तीन महिनाअघि नै चिनो लगाएको थियो । तर, त्यस क्षेत्रमा पर्ने सरकारी कार्यालयमध्ये महानगरीय ट्राफिक प्रहरी महाशाखाले मात्रै सडक विस्तार क्षेत्रको संरचना भत्काउन सुरु गरेको छ ।
उपत्यका विकास प्राधिकरणले उपत्यकाका अन्य स्थानमा चिनो लगाएको भोलिपल्टै माइकिङ गरी आफैं भत्काउन सूचना दिने र आफैं सुरु नगरे एक महिनाभिमा डोजर लगाउने गरेको छ । तर, मुख्य प्रशासनिक निकाय सिंहदरबार, सर्वोच्च अदालतलगायतका कार्यालयका पर्खालमा भने तीन महिना बितिसक्दा पनि प्राधिकरणले डोजर चलाउन सकेको छैन ।
भिआईपी सरकारी कार्यालयहरु रहेकाले सुरक्षाका कारण डोजर नलगाएको प्राधिकरणले जनाएको छ । स्रोतका अनुसार सरकारी कार्यालय आफैंले अग्रसरता लिएर मिचिएका सडकक्षेत्र खाली गरोस भनेर प्राधिकरणले डोजर नलगाएको हो । नीजि संरचना भत्काएको तर सरकारी संरचना छाडेको भन्दै बालुवाटारमा स्थानिय बासिन्दाले विरोधसमेत गरेका थिए ।
सिंहदरबारको भौतिक संरचना निर्माण तथा पुननिर्माणको जिम्मा पाएको 'सिंहदरबार पुननिर्माण समिति'ले भने सडक बिस्तार गर्न प्राधिकरणले चिनो लगाएको नै थाहा नभएको दावी गरेको छ । समितिका सदस्यसचिव अमृतसिद्धी बज्राचार्यले सडक बिस्तारका लागि सिंहदरबार भत्काउन पर्नेबारे प्राधिकरणबाट कुनै जानकारी नआएको बताएका छन् । चिनो लगाएको नै अहिले तपाईबाट थाहा पाए, बज्राचार्यले भने, ' सानो घर भए पो थाहा हुन्थ्यो सिंहदरबार ठूलो छ, त्यसैले थाहा नै भएन ।'
यता प्राधिकरणले भने रकम अभावले सडक विस्तार अभियान सुस्त भएको दाबी गरेको समाचार आजको नयाँ पत्रिकाले प्रकाशित गरेको छ । प्राधिकरण काठमाण्डौंका प्रमुख भाइकाजी तिवारीले भने-’रकम नभएकाले केही ढिला भएको हो, रकम आउनासाथ डोजर लगाइन्छ ।’



How about this Article

No comments:

Leave a Reply