टपलेस भएर सडकमा उधुम मच्चाउने तीन जनालाई ४ महिना जेल
अदालतले ती तीन जनालाई ४ महिना र एक दिनको जेल सजाय सुनाएको ती महिलाहरूका वकिलले बताएका छन् । उनका अनुसार ती महिलाहरूलाई सार्वजनिक स्थानमा टपलेस भएर सार्वजनिक मर्यादा तोडेको आरोप पनि लगाइएको छ ।
महिला अधिकारकर्मीहरुले ट्युनिसियाको यो निर्णय सरकारी भएको बताउँदै ट्युनिसियाको चर्को विरोध गरेका छन् । उनीहरुले महिलाले आफ्नो शरिरलाई जे चाह्यो त्यहि गर्न पाउनु पर्ने भन्दै तीन जनालाई दिइएको उक्त सजाय गलत भएको जनाएका छन् । आफ्नो शरिरलाई जसरि चाह्यो त्यसरी नै प्रस्तुत गर्न पाउनु पर्ने बताएका छन् ।
विगत केहि महिना देखि टपलेस भएर ती तीन युवतीले अन्य युवतिहरुको साथमा विश्वका विभिन्न ठाऊँमा टपलेस भएर प्रदर्शन गरिरहेका थिए । उनीहरुले केहि कार्यक्रमहरुमा समेत छिरेर कार्यक्रमलाई प्रभावित गर्ने गरेका थिए ।
यता ती महिलाहरूको समर्थन तथा अदालतको निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

No comments: