अष्ट्रेलियाली प्रधानमन्त्री जुलियाको स्तनको नाममा खानाको मेनु
होटेलमा राखिएको खानाको उक्त मेनु गिलार्डका एक विपक्षी नेताले चन्दा संकलनका लागि राखेका हुन् । विपक्षी नेता माल ब्रोले चन्दा उठाउन सहयोग हुने भन्दै मेनुमा 'सानो स्तन र ठुलो थाइ' नामको खानाको मेनु राख्न लगाएका थिए ।
यो घटनापछी माल ब्रोले आफूले उक्त मेनु बनाउन नलगाएको भन्दै गिलार्डसँग माफी भने मागेका छन् । यता गिलार्डले ब्रोको क्विन्सल्याण्ड शहरबाट उम्मेद्वारी खारेज गर्न माग गरेकी छिन् ।
मेनुको विषयलाई लिएर गिलार्डका अर्का विपक्षी नेता टोनी अबाटले समेत निन्दा गरेका छन् । यो मेनु मंगलबार एक पूर्व कर्मचारी मेम्बरले ट्विटरमा हालेका थिए ।
यो मेनु यो वर्ष मार्च २८ तारिखमा माल ब्रोले आफ्ना २० जना निम्तालु जसले उनलाई चन्दा दिने आश्वासन दिएका थिए उनीहरूको स्वागत गर्नका लागि यस्तो मेनु तयार गरेका थिए । उक्त निम्लातुलाई गिलार्डलाई निशाना बनाएर उनले 'जुलिया गिलार्ड केटुकी फ्राइड क्वेल, स्मल ब्रेष्ट, ह्युज थाइज एण्ड बिग रेड बोक्स' नामको मेनु तयार गरी त्यस मेनु अन्तर्गत खाना बनाउन लगाएका थिए ।
यसरी अर्काको व्यक्तित्व माथि नै हमला गरि खानाको मेनु बनाउन लगाएका ब्रोको उम्मेदवारी खारेजी गर्नैपर्ने माग जुलियाले गरेकी छिन् भने ब्रोले सबैतिरबाट आलोचना सहनु परेको छ ।

No comments: