Breaking News

एमालेको गुण्डा मोह, पर्शुराम छुटाउन चन्दा अभियान

uml flag३० जेठ, काठमाडौ । गैरकानूनी ढंगले अकुत सम्पत्ति जम्मा गरेको आरोपमा विशेष अदालतले मागेको २ करोड धरौटी तिर्न नसकि जेल चलान भएका 'गुण्डा नाइके' पर्शुराम बस्नेतलाई छुटाउन एमालेले चन्दा अभियान सुरू गर्ने भएको छ ।

एमाले भातृ संगठन युवा संघ नेपालको बैठकले पर्शुराम बस्नेतलाई जोगाउन सम्पत्ति जुटाउने निर्णय गरेको हो । युवासंघको राजधानीमा बसेको बैठकले गुण्डालाई छुटाउन सबै पहल गर्ने निर्णय गरेको जनाएको छ ।

२ करोडको सम्पत्ति जुटाएर पर्शुरामलाई छुटाउने निर्णय भएको संघका अध्यक्ष महेश बस्नेतले जानकारी दिए । सम्पत्ति सुद्धिकरण विभागले ७ करोड अबैद्य सम्पत्ति जम्मा गरेको आरोपमा बस्नेत विरूद्ध मुद्दा चलाएको थियो ।
केन्द्रीय समिति सदस्य एवं पूर्वाञ्चल संयोजक बस्नेतलाई छुटाउन संघले पैसा जुटाउने बिषयमा विवाद भएको थियो । तर, एमाले नेता खड्ग ओलीका विश्वासपात्र पर्शरामलाई छुटाउन महेशले प्रस्ताव पारित गराएका हुन् ।
अदालतले मागेको धरौती पर्शुराम एक्लैले दिन सक्ने भएपनि त्यती धेरै धरौटी देखाउँदा मुद्दा प्रभावित हुने भन्दै युवासंघले चन्दा माग्ने निर्णय गरेको हो । अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधव नेपाल भने एउटा गुण्डाको पछि लाग्न नहुने बताउँदै आएका छन् ।


How about this Article

No comments:

Leave a Reply