मनसुन असार लागेपछि मात्रै
काठमाडौ, जेठ ३० – यो हप्ताको अन्तिमसम्ममा मनसुन शुरु हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बंगालको खाडीमा न्यूनचापीय क्षेत्रको विकास राम्रोसँग हुन नसकेकाले मनसुन शुरु हुन ढिलाई भएको हो ।
मनसुन शुरु हुन आवश्यक पर्ने अरु सबै संकेत भने केही दिन अघिदेखि नै देखिएको मौसमविद सुवास रिमालले जानकारी दिनुभयो । अब केही दिनमै पूर्वी क्षेत्रबाट मनसुन शुरु हुने उहाँले बताउनुभयो ।
मनसुन पूर्वको समयमा भारी वर्षा भएपनि मनसुन शुरु हुने समयमा भने पानी पर्ने क्रम घटेको छ । वर्षा कम हुने बित्तिकै देशभर गर्मी बढेको छ । अघिल्लो हप्ता झरी परेको बेला काठमाडौको अधिकतम तापक्रम २९ डिग्री सेल्सियससम्म पुगेकोमा त्यसपछि भने ३० डिग्री नाघ्न थालेको छ ।
काठमाडौमा बुधबारको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस थियो । बिहीबार तापक्रम अझै बढ्ने अनुमान छ । तराईका जिल्लाहरुमा भने तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
नेपालगञ्ज, भैरहवा, दिपायल, जनकपुर, धरान, बिराटनगर, दाङ, धनगढी, सिमरा लगायत तराईका धेरै ठाउँमा गर्मी ह्वात्तै बढेको छ । चिसो हुने जुम्लामा समेत अधिकतम तापक्रम ३० दशमल ४ डिग्री सेल्सियस पुगेको छ । देशका पश्चिमी क्षेत्रमा आज पानी पर्ने महाशाखाले जनाएको छ ।
पूर्वी र मध्यक्षेत्रका धेरै ठाउँमा भने हल्का बदली मात्रै हुने अनुमान छ । महाशाखाका अनुसार काठमाडौमा दिउँसोपख हल्का पानी पर्ने सम्भावना छ ।

No comments: